विकासले मुहार फेर्दै इच्छाकामनाको वडा नम्बर ४ ,अबलोकन कार्यक्रमको संश्लेषण

२०७५ बैसाख २८ गते सनिबार बिहान ८ बजे इच्छाखबरको टिम समाचार र सुचना संकलनको लागि आबस्यक सामाग्री सहित अफिस बाट निस्कन्छ । इच्छाकामना गाउँपालिक वडा नम्बर ४ को बिकास योजना र कामको अबलोकन गर्ने पुर्बनिर्धारित उद्देश्यका साथ गाउँ पालिका उपप्रमुख कृति कुमार श्रेष्ठ,वडा नम्बर ४ अध्यक्ष होम बहादुर राना, वडा सदस्य तथा गाउँपालिका प्रबक्ता सावित्री गुरुङ त्यस्तै ४ नम्बर वडा सदस्य बिदुर सिलवाल सहित निस्केको इच्छाखबरको टिम पहिलो चोटि पुग्यो कुरिनटारमा निर्माणधिन सामुदायिक भवनमा।

हामी कुरिनटारको सामुदायिक भवन निर्माण स्थल पुग्दा त्यहा धमाधम काम भै रहेको थियो।ढलान सकिएर थप काम भै रहेको रहेछ। लगभग १८ लाख लागत मा काम भै रहेको र अझ आबस्यक परे गाउँ पालिकाले थप गर्ने उपप्रमुख कृति कुमार श्रेष्ठले जानकारी गराउनु भयो। प्रती जग्गाको उपयोग गरि बन्दै गरेको भवन निर्माण पश्चात् स्थानीयले बिहे ब्रतबन्ध पार्टी लगाएत सम्पुर्ण काम गर्न उक्त भवन उपयोग गर्न सक्ने छन।

बन्दै गरेको भवन नजिकै सामुदायिक हस्पिटल साथै बाल संरक्षण गृह र ससस्त्र प्रहरी बल क्याम्प नजिकै पार्क समेत बनाउने योजना गाउँपालिका तथा वडानम्बर ४ को रहेको कुराको जानकारी समेत हामिलाइ प्राप्त भयो।
वडा नम्बर ४ मै अबस्थित इच्छाकामना मन्दिर परिसर कुरिनटारमा पनि स्थानीय सरकारकै लागतमा दिवा आश्रम स्थल बन्दै गरेको रहेछ। त्यस्तै धेरैले प्रयोग गर्ने लेवाटार धारापानीमा रहेको पानीको मुल स्थल पनि अहिले धेरै ब्यबस्थित बनेको रहेछ सरसफाइ चट्ट सौचालयको समेत ब्यबस्था । धारापलनिको अबलोकन गर्दै जनप्रतिनिधि सहित इच्छाखबरको टिम लाग्यो लेवाटारको पानी लिफ्टिङ स्थल तिर।धन्दै १० हजार वाट सोलार प्यानल प्रयोग गरि त्यही बाट उत्पादित सौर्य उर्जाको माध्यमले तल नदि नजिक बाट पानी लिफ्टिङ गरि अहिले लेवाटारमा खानेपानी बितरण गरिएको र त्यस योजनामा धन्दै २२ लाख जति खर्च भै सकेको योजनाका सचीव भरत थापाले जानकारी दिनु भयो।

अन्य सानातिना योजना हरु अबलोकन गर्दै इच्छाखबर सहित जनप्रतिनिधिको टोलि प्रस्तावित भित्री रिङ रोड अबलोकन को लागि नाग्दी खोला तिर लागेम । प्रदेश सरकारको ५० लाख लागतमा नाग्दी खोला बाट कुरिन भित्ता सम्मको सडकको स्थर उन्नती गर्नेकाम भै रहेको रहेछ। निर्माण स्थलमै भेटिएका उपभोक्ता समिती अध्यक्ष जित बहादुर थापाले स्थानियले स्टिमेट भन्दा धेरै श्रमदान गरि सडक उत्कृस्ठ बनाएको बताए। वडा ४ को प्रस्तावित रिङ रोड कै नयाबस्ती देखि कुरिनभित्ता सम्म को सडक को स्थर उन्नती गर्न इच्छाकामना गाउँ पालिकाले ३३ लाखको योजना पारेकोरहेछ । यो योजनाको काम पूरा भएपछी सडक संजालमा वडानम्बर ४ अझ धेरै बलियो हुने देखिन्छ।

चारै तिर सडक नै सडक कुनै गाउँ रहेनछ सडक संजालले नजोडिएको ।तामिन तर्फको सिमानामा प्राकृतिक गिटि खानी नजिकै ढमक्कै ढाकेको सुन्तला र कागतीको घारि मास्तिर बाक्लो सालको जंगल। सबै नियाल्दै टोलि लाग्यो स्वाराथोक तिर। स्वाराथोक नजिकै बाट प्रख्यात इच्छाकामना मन्दिर जाने घोरेटो बाटो साथै हाइकिङ , फ्रेस वाल्किङ, भिउ टावर र होम स्टे को लागि गुरु योजना बनाइएको जानकारी समेत पायौं प्रबक्ता सावित्री गुरुङ मार्फत । स्वाराथोक गुम्बा निर्माण समिती अध्यक्ष कृष्ण बहादुर गुरुङको घरमा चिया खाजा खाएर निर्माणधिन गुम्बा अबलोकन गर्दै हाम्रो टिम झर्यो बेलडाडा तर्फ प्रस्ताबित रिङ रोडको काम तिब्र गतिमा भै रहेको रहेछ बिच बिचमा पर्ने साना तथा रातो किताबमा परेको कुरिनटार खानेपानी लगाएत योजना हरुको अबलोकन गर्दै प्रस्तावित रिङ रोड पुरै फन्को मार्दै हामी कुरिनटार झर्‍योउ।

साच्चै देश संघीयतामा गए सङै इच्छाकामना गाउँपालिका वडानम्बर ४ मा परेको भुभागको पनि बिकासले मुहार फेर्दै रहेछ।कुरिनटार बजार क्षेत्रको ढल निकास साथै अन्य केही आँखा नपुगेको स्थानको समस्या छिट्टै समाधान हुने आसाको साथ हामी धन्यवाद जन प्रतिनिधिलाई भन्दै अब अर्को दिन अर्को वडामा अबलोकनको लागि जाने अठोटको साथ उत्साहित हुँदै फर्कियोउ । यो यात्रा सङै हामिले बनाएको बिकासनिर्माण को अबलोकन सम्बन्धी सम्पुर्ण जानकारी समेटिएको भिडियो हामी छिट्टै सार्बजनिक गर्नेछौ।