सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि

काठमाडौं,३० जेठ । सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर बढाएको हो ।

विभागका अनुसार उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो ।

यस्तै दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपैयाँ तिर्नुपर्ने भए पनि रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम २२ रुपैयाँ भाडा तिुर्न पर्ने जनाइएको छ । बढेको भाडा असार १ देखि लागू हुने विभागले जनाएको छ ।