नेपाल टेलिकमले लेरायो २० रुपैयाँले ७० मिनेट भोइस कल र नेट चलाउन सकिने सुबिधा

सरकारी स्वामित्वको नेपाल टेलिकमले आफ्ना ग्राहक लाइ २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने र नेट चलाउने अफर ल्याएको छ।

यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ। अनलिमिटेड सेबेन्टी मिनेट प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ।

यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ। अथवा *१५१५* ८#  डायल गरी यो सेवा लिन सकिन्छ।