भोलि बाट ट्रक चल्ने । ट्रक तथा ढुवानी व्यावसायिको आन्दोलन स्थगित

श्रावण ६ कुरिनटार ,
श्रावण १ गते देखि आन्दोलनरत ट्रक यातायात व्यावसायि,ढुवानी व्यावसायि, स्वतन्त्र ट्रक चालक संगठन र सरकार बिच सहमती भएपछि आन्दोलनरत व्यावसायिले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन।

श्रावण ६ गते नेपाल सरकार भौतिक पुर्वाधार तथा वातावरण मन्त्री रघुबिर महासेठ र उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री मात्रीका यादव अनि सम्बन्धित पदाधिकारी हरु सङ भएको बार्ता र छलफलले तत्काल सरकारको कर प्रणाली लागू नगर्ने र अन्य विषयमा पनि सरकारी पक्ष सकारात्मक भए पछि बिरोधको कार्यक्रम फिर्ता लिगेको नेपाल ट्रक यातायात व्यावसायि संघका महासचीव राजेन्द्र बिक्रम बानियाँले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिनु भएको छ।

व्यावसायिको स्वस्फूर्त आन्दोलनका कारण ट्रक नचल्दा मुख्य सहर हरुमा सामानको अभाब सिर्जना भएको थियो।