तीज गीत प्रतियोगिता गर्दै इच्छाकामना गाउँपालिका

कुरिनटार  : चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले हिन्दु महिलाहरुको चाड हरितालिका तिजको अवसरमा बृहत खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजना र इच्छाकामना महिला समन्वय समितिको समन्वयमा हरितालिका तिजको दिन भदौ १६ गते सोमबार बृहत खुल्ला तिज गीत तथा नृत्य प्रतियोगिता–२०७६ आयोजना गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी सापकोटाले जानकारी दिए ।
प्रतियोगितामा सहभागी भई प्रथम, द्वितिय र तृतीय हुने समूहलाइ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ भने प्रतियोगितामा इच्छाकामना गाउँपालिका भित्रका मात्र नभै छिमेकी गाउँपालिकाका महिला समूहहरुले समेत सहभागिता जनाउन सकिने गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिईन् । महिलाहरुमा हर्ष, खुशी र उमंगका साथ पर्व मनाउने उपयुक्त वातावरण सृजना गर्नुका साथै संस्कृति संरक्षणमा टेवा पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।