इच्छाकामना गाउँपालिकाको तिज गित प्रतियोगिता,हिमाल आमा समूह प्रथम

चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले हिन्दुहरुको महान चाड हरितालिका तिजको अबसरमा आयोजना गरेको बृहत् खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ।

इच्छाकामना गाउँपालिकाको प्रांगणमा आज भएको कार्यक्रममा हिमाल आमा समूह प्रथम हुन सफल भएको छ। उत्कृष्ट प्रस्तुति प्रस्तुत गरेको हिमाल आमा समुहले प्रथम हुँदै नगद २५ हजार हात पारेको छ भने प्रतियोगितामा दोश्रो शृजनशिल महिला जागरण केन्द्र मुग्लिङ र नेवा पुच समूह मुग्लिङ तेस्रो हुँदै क्रमशः  २० हजार र १५ हजार जित्न सफल भएका छन ।

प्रतिनिधि सभा सद्स्य कृष्ण भक्त पोखरेल प्रदेश सभा सदस्य मिलन बाबू श्रेस्ठ इच्छाकामना गाउपालिका अध्यक्ष गिता कुमारी गुरुङ लगाएतको आतिथ्यतामा आजको कार्यक्रम सभ्य र भब्य रुपमा सफल भएको इच्छाकामना गाउँपालिकाले जानकारी दिएको छ।