विदेशमा सिकेर ठेवाटारका कृष्ण बहादुर दराईद्वारा नेपालमा व्यावसाय

मुग्लिन,२५ भदौ । ६बर्षको कतार र ६ महिना अफ्रिका बसाई पछि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोच बोकेर स्वदेश फर्किएका गोरखा सहिद लखन गाउँपालिका १ ठेवाटारका कृष्ण बहादुर दराईलाई शुरुमा बेकरी व्यावसाय शुरु गर्छु भन्दा परिवारले साथ दिएनन् । तर उनले आँट गरेर चितवनको इच्छाकामना ४ लेवटारमा बेकरी व्यावसाय सुरु गरे । सुरुमा उनलाई व्यावसाय संचालन गर्न निकै कठिन भयो । ६बर्ष कतारमा रहदाँ मुश्किलले १२ लाख कमाएका थिए । ती रकम व्यावसाय गर्न प्रयाप्त थिएन । ब्यावसाय संचालन गर्नका लागि आवस्यक मेसीन सामाग्री समेत खरिद केही ऋण गर्नु पर्ने बाध्यता भयो । बेकरी बनाउनका लागि ३ बर्ष अघि सुरुमा उनलाई एक बोरा मैदा पनि उधारो पत्याएनन् । तर उनले हरेस खाएनन् । सुरुका दिनमा एक बोरा बेकरी बनाउने मैदा उधारो नदिनेहरुले अहिले १० औँ लाखको सामान पनि उधारो दिन तयार हुन्छन् –उनले भने ।
अहिले ४ जनाको परिवारलाई पालनपोषण बेकरी व्यावसयाको आम्दानीबाटै धानेका छन् । दुई जनालाई रोजगार पनि दिएका छन् । श्रीमती र छोरीहरुले पनि उनलाई सघाउँछन् ।
उनले नेपालमै १६ बर्ष र विदेशमा ६ बर्ष गरि २० बर्ष अर्काकोे काम गरे । नेपालमै रहदाँ काठमाडौँमा बेकरीकै काम गरेका उनले कतारमा पनि उही काम गरे । कतारमा रहदाँ उनले अझ धेरै सीप हासिल गरे । त्याही सीपलाई नेपालमा आएर केही गर्नु पर्छ भन्ने सोच राखेर फर्किएको उनको भनाईछ । कतारबाट फर्किएपछि जागिरको राम्रो अवसर समेत नआएका होइनन् तर अब उनलाई जागिर गर्न पटक्कै मन छैन । उनलाई आफैले संचालन गरको व्यावसायबाट सन्तुष्टि मिलेको छ । अहिले उनले मासिक ३० हजार घरभाडामा लिएर व्यावसाय संचालन गर्दै आएका छन् ।अब घर बनाएर व्यावसायलाई अझ विस्तार गर्ने ४४ बर्षिय दराईको योजना छ । विद्युत काटिने समस्याले गर्दा व्यवसायमा असर परेको उनले बताए । । रासस