निर्वाचनमा ८ दिन विद्यालय बन्द हुने
काठमाडौँ, २ मंसिर । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा ८ दिन विद्यालय बन्द हुने भएका छन् । कतिपय स्थानमा विद्यालयमा मतदान केन्द्र हुन भएको तथा विद्यालयको पठनपाठन प्रवाभित हुने भएकाले विद्यालय बन्द गर्न निर्वाचन आयोगले आग्रह गरेको हो ।
आयोगका अनुसार मंसिर १० गते निर्वाचन हुने ठाँउमा ७, ८, ९ र १० गते विद्यालय बन्द हुनेछन । भने मंसिर २१ गते निर्वाचन हुने जिल्लामा १८, १९, २० र २१ गते विद्यालय बन्द हुनेछन ।
