प्रचण्डको मोर्चा सम्हाल्दै नाति प्रसिद्ध (फोटो सहित)

प्रचण्डको मोर्चा सम्हाल्दै नाति प्रसिद्ध (फोटो सहित)

राजेन्द्र आचार्य

चितवन, ९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्षको अघि पछि सधैँ साथमा रहने उनका पुत्र प्रकास दाहाललाई अब हामी देख्न सक्दैनौँ । उनले यो संसारबाट विदा लिईसकेका छन् ।
यति बेला पुत्र शोकमा परेका प्रचण्डलाई नाती प्रकासकी जेठी श्रीमती सिर्जना त्रिपाठीका छोरा प्रसिद्ध दाहालले साथ दिएका छन् ।
प्रचण्ड यतिबेला चितवनको क्षेत्र न ३ आफ्नो चुनावी अभियानमा छन् । उनले चुनावी अभियानमा नाती प्रद्धिलाई पनि सगंसंगै साथ लिएर हिडेका छन् ।


प्रचण्डको अघिपछि देखिने प्रकासको ठाउँमा छोरा प्रसिद्ध देखिदाँ माहोल पनि रोमाञ्चककारी बनेका छन् । नातीको साथ लिएर ह्डिदा प्रचण्डको मुहारमा केही फरक पन प्रफुल्ल हसिलो पन देखिन्छन् ।
सिर्जना पनि राजनितिमा सक्रिया कार्यकर्ता हुन् । ससुरा प्रचण्डकै निर्देशनमा उनि पोखरा चुनावी अभियानमा खटिएका छन् । केही दिन पछि सिर्जना पनि चितवन चुनावी प्रचारमा आउने स्रोतले जनाएको छ ।