दृष्टिबिहिनलाई न्यानो कपडा दिदै रेवानले मनायो ९ औँ बार्षिकोत्सव (भिडियो)

दृष्टिबिहिनलाई न्यानो कपडा दिदै रेवानले मनायो ९ औँ बार्षिकोत्सव (भिडियो)

 

चितवन, ११ मंसिर । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको क्षेत्रिय रेष्टुरेण्ट एण्ड बार एशोसीयसन नेपाल (रेवान) सौराहाले स्थापनाको ९ औँ बार्षिकोत्सव मनाएको छ ।
विगतमा संस्थाका सदस्यहरु विचमा मात्रै मनाईएको बार्षिकोत्सवमा यस बर्षदेखि सामाजिक कार्यको समेत थालनी गरेर स्थापना दिवस मनाईएको हो ।

 

 

 

एक समारोहका विच पूर्वी चितवनको एक मात्र दृष्टिबिहिन बालबालिकाहरु अध्ययन गर्ने झुवानी माविको आश्रयमा रहेका २७ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको क्षेत्रिय रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले जानकारी दिए ।

विद्यालयमा रहेका २७ जना बालबालिकाहरुलाई जाडोमा लगाउने कपडा अभाव भएपछि रेवान सौराहाको सामाजिक अभियान अन्र्तगत ९ औँ स्थापना बार्षिकोत्सवको अवसरमा न्यानो कपडा वितरण गरिएको रेवान सौराहाका महासचिव कृष्ण भट्टले जानकारी गराए ।

र.न.पा वडा नम्बर ५ वडा अध्यक्ष कृष्ण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झुवानी माविका प्रचार्य दुर्गा नेपालीको विशेष आतिथिसगैँ रेवान सौराहाका पूर्व अध्यक्षहरु पुरुषोत्तम श्रेष्ठ, सुवासचन्द्र गौतम, रेवान महिला समुहकी अध्यक्ष माला दाहाल, कार्यक्रम संयोजक तथा द्धिृतिय उपाध्यक्ष अर्जुन चौधरी, मृगकृञ्ज उपभोक्ता समिति बछौलीका अध्यक्ष बासुदेव ढुंगाना, जनकौली वनका सचिव ऋृषिराम गुरुङ्ग, क्षेत्रिय होटल संघका तृतीय उपाध्यक्ष योगेन्द्रनाथ अधिकारी, लगायतले बालेका थिए । सो बालबालिकाहरुलाई रेवान बर्थ डे केक समेत खुवाईएको थियो ।

९ बर्ष अगाडी रेवान सौराहा स्थापन भएसगैँ क्षेत्रिय रेवानको समेत मान्यता पाएको यस संस्थाले उज्यालो सौराहा अभियानदेखि कल्भर्व निर्माण, बाल श्रम न्यूनिकरण, मठमन्दिर निर्माण, अनाथ बालबालिका र वृद्धावृद्धहरुलाई सहयोगसगैँ वन वन्यजन्तु र संरक्षणका लागिका विविध कार्यक्रम गर्दै आएको छ ।
साथै कार्यक्रममा सौराहा फुड फेष्टिवल २०७४ का संयोजक कपिल रेग्मी, झुवानी मावि समाहित शिक्षाकी स्रोत शिक्षिका हिराकुमारी थापा, राजेश तामाङ्ग, रोजनाथ पाठक, कुमार जोशी, गोपि विडारी, ईन्द्रराज चौधरी, सूर्य बहादुर भट्ट, ईश्वरी परियार, गोपि लम्साल, लगायतको सहभागी थियो ।