कृषक लाइ कृषि अनुदानको ब्यबस्था गर्छु : दिनेश कोइराला

कृषक लाइ कृषि अनुदानको ब्यबस्था गर्छु : दिनेश कोइराला

भरतपुर, १२ मंसिर ।नेपाली कांग्रेशका नेता एबम चितवन क्षेत्र न ३ ( क ) का प्रदेश सभा सदस्य उम्मेदवार दिनेश कोइरालाले कृषकको लागि आबस्यक अनुदान र सहुलियतमा कृषि ऋणको व्यवस्था गर्ने प्रतिबद्दता जनाउनु भएको छ । आज भरतपुर ६ केशरबागमा आयोजित चुनाबी कोण सभा लाइ संबोधन गर्दै कोइरालाले आफुलाई जिताएमा कुनै पनि कृषक मारमा नपर्ने बरु कृषकको हक हित र सम्रक्षण गर्ने बताउनु भएको हो ।

कोण सभालाई संबोधन गर्दै कोइरालाले भन्नु भयो “ म देशका विभिन्न ठाउमा कार्यक्रममा जादा चिया खान होटेल पस्छु , चिया खान्छु अनि अन्त्यमा सोध्छु यो दुध कहा बाट आउछ ? अनि ब्यापारी भन्छन चितवनको केशरबाग । यसो भन्दै गर्दा मलाइ गर्ब लाग्छ । किनकि मेरो गाउ ठाउको दुध देश भरि पुग्छ । “ “ आफुले जितेमा म बिस्वाश दिलाउन चाहन्छु यहाको अन्नपुर्ण दुग्ध उत्पादन सहकारीको स्तर उन्नति गरेरै छाड्छु । उच्च प्रबिधि भित्रयाएर यहाको किसानले उत्पादन गरेको दुधलाइ उचित बजारीकरण र प्रबद्र्धन गर्ने छु । यहाको बिकास गर्ने मेरो दायित्व हो ।“ उहांँले भन्नु भयो ।
कोइरालाले सहिद स्मृति माबिको रजत जयन्तिमा आफुले उच्च शैक्षिक प्रबिधि भित्र्याएर यहाको विद्यालयलाई नमुना बनाउन लाग्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो । कोइरालाले २१ गते सम्म आफुलाई साथ् दिए बाकि ५ बर्ष जनताको साथमा रही विकास गर्ने जिकिर गर्नु भयो ।
कोइरालाले ५ बर्ष भित्रमा यहाका सडकमा धुलो नभेटिने र सबै सडकको स्तर उन्नति गरि कालोपत्रे गर्ने प्रतिबद्दता जनाउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेशका नेता एबम निबर्तमान सांसद रामकृष्ण घिमिरेले दिनेश कोइराला र बिक्रम पाण्डे विकासको पर्यायबाची शब्द भएको बताउनु भयो ।
उहाले स्थानीय चुनाबमा भरतपुरमा प्रचण्ड पुत्री रेणु लाइ जिताएको स्मरण गर्दै बिक्रम पाण्डेलाइ जिताएरै छाड्ने बिस्वाश दिलाउनु भयो । उहाले प्रचण्डलाई अस्थिरताको पर्यायबाची भएको आरोप समेत लगाउनु भयो ।