त्रिशुली नदीमा बस खस्यो, पाँच जनाको मृत्यु दर्जन बढी घाईते उद्धार कार्य जारी

त्रिशुली नदीमा बस खस्यो, पाँच जनाको मृत्यु दर्जन बढी घाईते उद्धार कार्य जारी

हिरालाल गुरुङ
चितवन, १३ मंसिर । त्रिशुली नदीमा बस खसेर दुर्घटना भएका छन् ।काठमाडौँबाट अर्घाखाँची जादैँ गरेको बस ट्रक संग ठोक्किएर आज विहान ९ बजे चितवनको ईच्छाकामना ३ चुम्लिङ नजिकैबाट त्रिशुली नदीमा खसेको हो । अहिले सम्म ५ जनाको सब भेटीएको प्रहरीलाइ उदृत गर्दै सहकर्मी दान बहादुर गुरुङले जानकारी दिनुभयो ।

अहिले सम्म १३ जना घाईतेलाई उद्धार गरि उपचारका लागि अस्पताल लगिएको छ । बसको पुरै भाग पानीमा डुबेकाले अझै मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।