सर्व शान्ति माविले विविध कार्यक्रम गरि ४८ औँ बार्षिक उत्सव मनाए

सर्व शान्ति  माविले  विविध कार्यक्रम गरि ४८ औँ बार्षिक उत्सव मनाए

चितवन,२० पुस ।  सर्वशान्ति मावि  ईच्छाकामना ४  कुरिनटार ले ४८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । चितवन क्षेत्र न २ प्रतिनिधि सभाका सदस्य तथा नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्य तथा क्षेत्र न २ प्रदेश सभा ‘क’ का सांसद घनश्याम दाहाल अविनास, ख का सदस्य विजय सुवेदी, गाउँपालिकाकी प्रमुख गीता कुमारी गुरुङ लगायतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक याकराज शर्माले विद्यालयको बार्षिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुबाट विविध सांस्कृतिक प्रश्तुतीहरु प्रशतु भएका थिए ।कार्यक्रममा विद्यालयलाई सयोग गर्ने दाता, जनप्रतिनिधि शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

बार्षिक उत्सवको अवसर १८ गते देखि विभिन्न प्रतियोगिताहरु भएका थिए ।

विद्यालयका अध्यक्ष चन्द्रमणी सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।