घैरुङमा माघेसक्रान्तिको दिन गोरु जुधाइने
कृष्ण पुडासैनि
पौष २३ गोर्खा,
शहिद लखन गाउँपालिका वडा न ६मा हिमाल देवि युवा क्लबको आयोजनामा गोरु जुदाइमेला हुने भएको छ । गाउँ पालिकाको केन्द्र सहिद रहेकोको वडामा २६ गते बाट फुटबल प्रतियोगिता पनि आयोजना गरियको छ। उक्त प्रतियोगितामा प्रथम ले रु.६०००० दोस्रो ले रु.३०००० तेस्रो र सान्त्वना हुनेले रु. १०/१० हजार पाउनेछ भने गोरु जुदाइमा प्रथमले रु.८००० र दोस्रोहुनेले रु.४००० प्राप्त गर्ने छ। हिमाल देवि युवा क्लबले सबै पुरस्कार माघ १ गते नै प्रदान गर्ने जानकारी दिएको छ ।
