भैरवी कृषि सहकारी संस्था लि.को अध्यक्षमा पुष्पकुमार
गोरखा, २३ पुस । श्री भैरवी कृषि सहकारी संस्था लि.भूम्लिचोकको अध्यक्षमा पुष्पकुमार गुरुङ चयन भएका छन् । संस्थाको कार्यालय गण्डकी गाउँपालिका ६ भूम्लिचोकको प्रांगणमा आज सम्पन्न नवौँ बार्षिक साधरणसभाले गुरुङलाई सर्वसहमतीले अध्यक्षमा चयन गरिएको हो ।
सभाले उपाध्यक्षमा माया चोपाङ, सचिवमा पूर्ण विक , सह–सचिवमा देउ बहादुर गुरुङ, कोषाध्यक्षमा ईन्द्र बहादुर गुरुङलाई चयन गरेका छन् ।
यसैबीच सदस्याहरुमा काजिमान सुनार, लक्ष्मण चेपाङ, चन्द्र बहादुर राना, देव बहादुर थापा, बुद्धिमाय गुरुङ र बखत बहादुर थापा चयन भएका छन् ।
साधरणसभाले लेखा समितिको संयोजकमा एक बहादुर चेपाङलाई चयन गरिएको छ । अन्य सदस्यहरुमा श्रृजना लामिछाने गुरुङ र डिल बहादुर थापा रहेका छन् ।
ऋण समितिको संयोजकमा बलराम सुनारलाई चयन गरिएको छ । सदस्यहरुमा केर बहादुर श्रेष्ठ र रण बहादुर गुरुङ रहेका छन् ।
आर्थिक बर्ष ७३/७४मा १७ लाख भन्दा बढि नाफा
श्री भैरवी कृषि सहकारी संस्था लि भूम्लिचोक ६ गोरखाले आर्थिक बर्ष २०७३/७४ मा रु १७ लाख भन्दा बढि नाफा कमाएका छन् ।
संस्थाको आज नवौँ साधरण सभाको उद्घाटन सत्रमा व्यावस्थापक तुल बहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रश्तु गर्दै संस्थाले रु १७ लाख ६२ हजार ९३४ रुपैयाँ नाफा कमाएको बताएका हुन् ।
सहकारीको कुल पुँजी रु १ करोड, ६६ लाख ५४ हजार ९०० रहेको श्रेष्ठले जानकारी दिए ।
गण्डकी गाउँपालिका वडा न ६ का अध्यक्ष जिवन गुरुङको प्रममुख आतिथ्य तथा सहकारीका अध्यक्ष तुल बहादुर गुरुङको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले यस सहकारी संस्थाले कृषकहरुलाई आर्थिक टेवा पु–याएको बताउदैँ सहकारीलाई गाउँपालिकाकै नमुना सहकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता व्याक्त गरे । साथै उनले संस्थाले संचालन गरेको हरेक कार्यक्रमहरु र अनुदानबाट प्राप्त सहयोग कती उपयोगी भयो भनी समिक्षा गर्दै अघि बढ्न सुझाव दिए ।
सहकारीका सचिव रामनारायण श्रेष्ठले स्वागत मन्तव्य राखेको उद्घाटन सत्रमा श्री भद्रकाली मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिम्क गुरुङ, भद्रकाली माविका प्रअ नरेन्द् तिमिल्सिना,र तुल बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
