मर्स्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि.सत्रौँ बर्षमा प्रवेश
चितवन,२९ पुस ।मर्स्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि ईच्छाकामना ५ मुग्लिनले सत्रौँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिवार एक कार्यक्रमकाबीच संस्थाको वार्षिक गतिविधिको बारेमा अन्तरक्रिया गरि भावि योजनाका प्रस्तावहरुमा निर्णय गर्न साधारण सभाको आयोजना गरिएको हो ।
विद्युत उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष नारायण ज्ञवालीको प्रमुख आतिथ्य तथा गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको विशिष्ट आतिथ्यमा एक कार्यक्रमकाबीच सहकारीको सत्रौँ बार्षिक साधारणसभा सम्पन्न भयोे ।
कार्यक्रमका प्रमुख अतिथि तथा विद्युत उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष नारायाण ज्ञवालीले स्थानिय स्तरमा विद्युत बिस्तार गरि स्थानियलाई सहज बनाउन र विद्युत चुहावट रोक्न नेपाल सकारको निति अनुसार नै सहकारीलाई जिम्मेवारी दिएको बताउनुभयो । अध्यक्ष ज्ञवालीले मर्स्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि मुग्लिनले जनसमुदायमा पु–याएको योगदान र प्रगतीको प्रशंसा गर्दै ईच्छाकामना गाउँपालिकाका सबै क्षेत्रमा विद्युत सेवा प–याउन सहयोगका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले गाउँपालिकाको समृद्धिका लागि हरेक संघसंस्थाहरुसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो । साथै अध्यक्ष गुरुङले सहकारीको श्रृणले आफ्नो सदस्यहरुमा कस्तो प्रभाव परेको छ, उन्नती प्रगती व्यावसायीकता कस्तो छ यसको पनि मुल्याङ्कन गर्दै अघि बढ्न सुझाव दिदैँ सहकारीको ऋणले सर्वसाधरण जनताको घरबार डुबाउने अवस्था आउन नहुने तर्फ ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष गुरुङले. साहुको चर्को ब्याजमा परेको सर्वसाधरणलाइ सहकारीहरुले केही राहात प्रदान गरेको भन्दै आर्थिक समृद्धिका लागि सहकारी पनि एउटा मुख्य पाटो रहेको उल्लेख गर्नुभयो । मस्र्याङ्दी सहकारीलाई सुपथ मुल्यको पसल पनि संचालन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रश्तुत गर्दै सहकारीका अध्यक्ष जयलाल श्रेष्ठले शान्ति सुरक्षाको दृष्टिकोणले असहज अवस्थामा यस क्षेत्रको वितिय कारोबार गर्ने बैँक वितिया संस्था सदरमुकाम सरीसकेको तत्कालिन परिवेशमा विभिन्न पेशा र व्यवसयामा अवद्ध २५ जनाबाट सुरु गरिएको यस संस्थाले आफ्नो कार्य क्षेत्रमा रहेको समुदाय र सदस्यहरुको चाहना र आवस्यकता अनुसार कार्यक्रमहरु संचालन गर्दै आएकाले सदस्य तथा सुभेच्छुकहरुबाट अपार माय र विश्वास प्राप्त गर्न सफल भएको बताउनुभयो ।
२०५७ सालमा चितवनको पहाडी गाविस दारेचोक गाविसमा स्थापित यस सहकारीले हाल सम्म १ हजार ५ सय १२ सेयर सदस्य र २ हजार २ सय ३० विद्युत ग्राहक एंव अन्य सुभेच्छुकहरुलाई गोलबन्ध गर्न सफल भएको जानकारी दिनुभयो ।
आज सम्म संस्थाले बचत तथा ऋण सेवा, विधुत सेवा वितरण, लघुवित्त कार्यक्रम मनिट्रान्सफर सेवा , कृषि तथा पशु फार्म, रिचार्ज सेवाहरु जस्ता आवस्यक प्रमुख क्रियाकलापहरु गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । संस्थामा हाल सम्म ३ करोड सेयर पुँजी संकलन गर्दै व्यवसाय गर्नका लागि ३५ लाख सम्म कर्जा उपलब्ध गराउन सफल भएको बताउदैँ अध्यक्ष श्रेष्ठले आगमी दिनमा ईच्छाकामना गाउँपालिकाका सम्पुर्ण क्षेत्रमा विधुत सेवा विस्तार गर्ने योजना बनाएको जानकारी दिनुभयो । साथै संस्थाले आर्थिक अभावका कारण विद्युत मिटर राख्न नसक्नेहरुका लागि प्रतिघर रु २ हजारका दरले २७५ घर व्यवसायी मिटरका लागि रु ३ हजारका दरले २१ जनालाई मिटर नि:शुल्क मिटर राख्ने कार्य सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा सचिव श्रीप्रसाद कडेँलले आगामी बर्षको निति तथा कार्यक्रम प्रश्तुत गर्नुभएको थियो । यसैबीच संस्थाका कोषाध्यक्ष तेज बहादुर शेरचनले आर्थिक बर्ष ७३/७४ को आर्थिक प्रतिवेदन प्रश्तु गर्नुभएको थियो ।
कार्यक्रममा साना किसान कृषि सहकारी कुरिनटारका अध्यक्ष नर बहादुर नेपालले सहकारीहरुलाई पनि शसक्त बनाउन मर्जर गर्न आवस्यक रहेको बताउनुभयो । धेरै सहकारी स्थापना गर्दा सहकारीहरु आर्थिक रुपमा कमजोर हुने र सेवा प्रदान गर्न नसक्ने नेपालको भनाई छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, वडा न ५ का अध्यक्ष मोदराज सिलावल कर्तव्य निष्ठ महिला समाजका अध्यक्ष सृजना देवकोटा, सहकारीका महिला उपसंयोजक माया सिलवाल लगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले मस्र्याङ्दी बहुउदेश्यिय सहकारी संस्था लि मुग्लिनले सबै सहकारीको लागि अभिवाकत्वको भुमिका निर्वाह गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा उत्कृष्ट ऋणि सदस्य, समूह, विद्यार्थी, खेलाडी जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
