आँबुखैरेनीमा पहिलो पटक आज २८५४ औं सोनाम ल्होछार मनाईयो

आँबुखैरेनीमा पहिलो पटक आज २८५४ औं सोनाम ल्होछार मनाईयो

तनहुँ, ४ माघ । आँबुखैरेनी तामाङ्ग गुठीले पहिलो पटक आज २८५४ औं (खिल्हों) सोनाम ल्होछार भव्य रुपले मनाएका छन् । तामाङ्ग समुदायको महान पर्व सोनाम ल्होछारको अवसर पारेर गुठीले आँबुखैरेनी गाउँपालिका वडा नंं. २ मार्किचोक कुडुलेफाँटमा विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान गरी सोनाम ल्होछार भव्य रुपले मनाएको हो । गुठीका अध्यक्ष बिल बहादुर तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष कटक बहादुर थापा प्रमुख अथिती, वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर थापा विशेष अथिती रहनुभएको तामाङ्ग गुठीले जनाएको छ । कार्यक्रममा तामाङ्ग सेलो नृत्य, सम्मान कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको गुठीका कोषाध्यक्ष प्रितम लामाले जानकारी दिनुभएको छ ।