धनुषामा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु ४ जना घाइते

धनुषामा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु ४ जना घाइते

धनुषा, १३ माघ । धनुषामा सुमो दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ । काठमाडौं बाट झापा जान लागेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो धनुषाको गणेशमान चारनाथ -८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान ३ बजे दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । दुर्घटनामा परि अन्य ४ जना घाइते भएका छन् ।

मृतकहरु सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले बताए । मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाँचथर रवि छ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी रहेको एसपी सिंहले बताए ।

चार जना घाइते छन् । घाइतेमध्ये संखुवासभाका छत्रबहादुर जिमीको अवस्था गम्भीर रहेको एसपी सिंहले बताए । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

गाडीभित्र ११ जना यात्रु रहेको सशस्त्र प्रहरी बेसक्याम्प रघुनाथपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीले बताए । घटनास्थलबाट कार्कीले दिएको जानकारी अनुसार दुर्घटनापछि सुमो पोखरीमा डुबेको छ ।