गोरखा धार्चे ६ का स्थानियको अनुहार सोलार बत्तीले बनाइदियो उज्यालो,वडा अध्यक्षको हाइ हाइ

गोरखा धार्चे ६ का स्थानियको अनुहार सोलार बत्तीले बनाइदियो उज्यालो,वडा अध्यक्षको हाइ हाइ

कृष्ण पुडासैनी,गोरखा

गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा न ६ काँशी गाउँ बेसीमा २१ घर धुरिमा उज्यालो सगै खुशी पनि छायको छ।स्थानीय चुनावमा वडा अध्यक्ष जित्नु भयको धन कुमार घलेले सबै स्थानमा बिजुली बत्ती बलिसकेको र केही स्थानमा बिजुली नभएको र सोही स्थानको लागि वडाको बजेटले काँशी बेसिमा २१ घर धुरिको लागी सोलार वितरण गर्नु भएको छ।सौर्य बिजुली प्रबिधी वितरणबाट स्थानीय खुसि हुँदै अब गाउँमा मोटर बाटो अत्यावश्यक भयको र बाटोको काम पनि स्थानिय जन प्रतिनिधि बाट छिटो हुनेमा आस राखेका थिय।नबनिर्बाचित वडा अध्यक्षले पनि अब मोटर बाटोको लागि गाउँपालीकामा कुरा अगाडि बढाइ सकेको बताएका छन। उहाले माम्बु सम्म मोटर बाटो आए पनि वडा ६ लाई छोएको छैन यसमा स्थानीयवासीले पनि समर्थन र सहयोग गरेमा चाडै मोटर बाटो पनिआउने जानकारी दिनु भएको छ।अब गाउमा नयाँ ढंग बाट शिक्षा र स्वास्थको बिकासको लागि पनि जोड गर्ने उहाले बताउनु भयको छ।सानै उमेरमा वडा अध्यक्ष जित्नु भएको धन कुमार धले उमेरले मात्र २३बर्षको छ।