मन्त्रिपरिषद्को निर्णय:६जनालाई सहिद घोषाणा देखि नेश्नल ट्रेडिङ लिमिटेड खारेज सम्म

मन्त्रिपरिषद्को निर्णय:६जनालाई सहिद घोषाणा देखि नेश्नल ट्रेडिङ लिमिटेड खारेज सम्म

काठमाडौं,१५ माघ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले घाटा चुलिदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै सरकारले नेसनल टे्रडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले २०५८ देखि ०६० सालसम्म मारिएका ६ जनालार्इ शहिद घोषणा गरेको छ ।द्वन्द्वका क्रममा माओवादीद्वारा मारिएका स्याङ्जाका देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मिन बहादुर बानिया क्षेत्री, नेत्रनारायण भण्डारी र रणबहादुर गुरुङलाई सरकारले शहीद घोषणा गरेको हो ।

संघीय संरचनामा जान सहज हुने भन्दै नेपाल यातायात व्यवसायी महासंघको विधानमा चौथो संशोधन गर्ने निर्णय पनि आजको मन्त्रीपरिषद् बैठकले गरेको छ ।

साथै, बैठकले संघीय संरचनामा संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरु र प्रदेश प्रमुखहरुको मुख्य मन्त्री लगायत सबैको मर्यादा क्रम निर्धारण गरेको छ ।

त्यस्तै, सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतका अनुसार अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाको दोश्रो संशोधन गर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरु निलगिरी जलविद्युत् आयोजना, रानीजमरा कुलरीया सिंचाई आयोजना, शिवम् सिमेण्ट उद्योग र ढाडखोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय बैठकले गरेको छ ।