नारायणगढ–मुग्लिन सडकको सवारी जाममा कमी

नारायणगढ–मुग्लिन सडकको सवारी जाममा कमी

हिरालाल गुरुङ

चितवन,२६ माघ । विहान १० बजेदेखि दिउँसो ४ बजे सम्म सवारी साधन रोकेर काम गर्दै आएको नारायणगढ–मुग्लिन सडकमा सवारी चापका कारण हुने घण्टौँ सम्मको जाममा केही कमी आएको छ ।विहान १० बजे देखि दिउँसो ४ बजे सम्म ६ घण्टा बन्दको समयमा ठूला सवारी साधनहरु सडकमा रोक्दा ४ बजेपछि सडक सुचारु गरे पनि घण्टौँ सम्म जाम हुने गर्छन् । तर अहिले भने सहजता भएको हो ।

ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर केसीले विहान १० बजे सडक बन्दको समयमा ट्रकहरुलाई कुरिनटार स्थित खेलकुद मैदान लगायत खाली जग्गाहरुमा पार्किङको व्यवस्था मिलाएपछि पहिला जस्तो यात्रुहरुले शास्ती बेहोर्नु नपरेको हो ।
विहान १० बजे देखि दिउँसो ४ बजे सम्म पोखरा जाने र स्थानिय यात्रुहरुले समेत शास्ती बेहोर्दै आएकोमा पार्कीङको व्यवस्था मिलाएपछि अहिले त्यस्तो शास्ती बेहोर्नु परेको स्थानियहरु बताउछन् ।

अहिले पछिल्लो समयमा ६ घण्टा बन्दको समय बाहेक सवारी जाम नभएको प्रहरी निरिक्षक केसीले बताए ।तनहुँ पोखरा जाने सवारी साधन र स्थानिय सवारी साधनहरु अहिले जाममा फस्न परेका छैनन् ।
विशेष गरि ट्रकहरुलाई पार्कीङको व्यवस्था मिलाएको खेलमैदान सर्वशान्ति मावि कुरिनटारको जग्गा हो ।विद्यालयका अध्यक्ष चन्द्रमणी सापकोटा र प्रधानाध्यापक याकराज शर्मालाई निरिक्षक केसीले ट्रक पार्कीङका लागि विद्यालयको खेलमैदान तथा खाली जग्गा उपलब्ध गराईदिन अनुरोध गरेका थिए ।विद्यालय व्यवस्थापन राजि भएपछि विद्यालयको जग्गा र खेलमैदानमा अहिले विहान १० बजे देखि ४ बजे सम्म पार्किङ गर्दै आएको छ ।

जथाभावी पार्किङ गर्दा सडक खुलाउने समयमा सवारी साधन अस्तव्यस्त भई हुने जाममा केही कमी आएको छ ।

तस्बिर :ईच्छाकामना गाउँपालिका ४ स्थित सर्वशान्ति माविको खेल मैदानमा पार्किङ गरिएको ट्रक