नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैनः मन्त्रि जमरकट्टेल

नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैनः मन्त्रि जमरकट्टेल

धादिङ,  ६ फागुन । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको म्याद अब नथपिने बताएका छन्।

तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदै छ।सडक निर्माणका लागि यसअघि तीन पटक गरी १० महिना समय थप गरिएकोमा अब तीन महिना मिति थप्ने तयारी भइरहँदा मन्त्री जमरकट्टेलले म्याद नथपिने बताएका छन्।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार, हालसम्म ७४ प्रतिशत काम सकिएको छ ।