पाँचौ गोरखकाली रनिङकप फुटबलको उपाधी त्रिवेणी युथ क्लब मुग्लिनलाई

पाँचौ गोरखकाली रनिङकप फुटबलको उपाधी त्रिवेणी युथ क्लब मुग्लिनलाई

गोरखा १४ फाल्गुन। गोरखा जिल्लाकै सर्वाधिक पुरस्कार रासी भएको पाँचौ गोरखकाली रनिङकप फुटबलको उपाधी त्रिवेणी युथ क्लब मुग्लिनले चुमेको छ । सोमबार सम्पन्न भएको फाइनल खेलमा ट्राइव्रेकरमा ९–८ गोलअन्तरले नख्खीपोट युथ क्बल ललितपुरलाई हराउदै त्रिवेणी युथ क्लबले उपाधी चुम्न सफल भएको हो ।

प्रतियोगिताको निर्धारित समयमा दुवै पक्षबाट २–२ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । कुल ६० मिनेटको खेल अबधीको पहिलो हापमा त्रिबेणी युथक्बलले नख्खीपोट युथ क्बलका डिफेन्डरहरुको कमजोरी फाइदा उठाउदै बललाई जाली चुमाउन सफल भएका थिए । निक्कै प्रतिस्र्धात्मक खेलमा पहिलो हापमा त्रिवेणी युथ क्लबले २ –१ को अग्रता कायम गरेको भएपनि त्यसलाई जोगाउन नसक्दा नख्खीपोटले खेललाई बराबरीमा पु¥याउन सफल भएको थियो । खेल बराबरीमा टुङिगएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

अघिल्लो बर्ष पनि उपबिजेतामा चित्त बुझाएको नख्खी पोट युथ क्लबले पराजयभए संगै यो सिजनमा पनी उपबिजेतामा चित्त बुझाउन बाध्य भएको हो । प्रतियोगितमा उपाधी चुमे संगै त्रिबेणी युथ क्लब मुग्लीनले नगद रु २ लाख सहित शिल्ड, मेडल र प्रमाण प्रत्र प्राप्त गरेको भने उपबिजेता नख्खीपोट युथ क्बलले नगद रु १ लाख ५० हजार सहित मेडल र प्रमाण प्राप्त गर्न सफल भएको छ । हिजो भएको सेमीफाइनलमा खेलमा बिजेता त्रिवेणी युथ क्बल मुग्लीनले एएफसी रियल्ली भक्तपुरलाई हराएर सेमीफाइनलमा पुगेको थियो भने नख्खीपोट युथक्लब ललितपुरले गोरखाकाली युथक्लब दरवार मार्गलाई हराएर फाइनल पुगेको थियो । प्रतियोगितामा सेमीफाइनलमा पुग्न सफल एएफसी रियल्ली भक्तपुर र गोरखकाली युथक्लब दरवार मार्गले पनि नगद रु ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितको बिजेता टिमहरुलाई आज एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । हरमटारी स्थित खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा गोरखा सहित काठमाण्डौ, धादिङ, ललितपुर, चितवन, संखुवासभा, तनहुँ लगायत स्थानीय क्लबहरुले सहभागिता रहेको थियो । ‘गोर्खाली कप गोर्खालीको सान, समग्र जिल्लाको खेलकुद विकास गर्ने हरमटारी क्लबको अभियान’ भन्ने मुल नाराका साथ हरमटारी युवाक्लबले गएको ५ बर्षदेखि लगातार हरेक बर्ष गोरखकाली रनिङकप फुट प्रतियोगिताको आयोजना गर्दै आएको छ ।