होलीलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक बन्द नहुने

होलीलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक बन्द नहुने

चितवन, १७ फागुन । होलीलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक दुई दिन बन्द नहुने भएको छ।बिहीबार र शुक्रबार निर्माणाधिन नारायणगढ मुग्लिन सडक २४ सै घण्टा खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । उनले भने, ‘अरु बेला सो सडक बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुने गर्दथ्यो।’

पर्वका बेलामा कामदारहरु घर जाने र यात्रा गर्नेहरु पनि बढ्ने भएको कारणले बाटो खुला गरिएको इन्जिनियर खनालले बताए।

काठमाडौंलाई देशको पूर्व र पश्चिमसँग जोड्ने मुख्य राजमार्गको रुपका रहेको सो सडक खण्डमा दैनिक १० हजारसम्म यात्रु बस तथा मालबाहक साना ठुला गाडीहरु ओहर दोहर गर्छन् ।