अखिल नेपाल महिला संघ इच्छाकामनाको संयोजकमा रीता अर्याल नेपाल

अखिल नेपाल महिला संघ इच्छाकामनाको संयोजकमा रीता अर्याल नेपाल

चितवन,२१ फागुन । अखिल नेपाल महिला संघ इच्छाकामनाको संयोजकमा रीता अर्याल नेपाल चयन भएकी छिन् ।
इच्छाकामना ४ कुरिनटारमा सोबार भएको भेलाले अखिल नेपाल महिला संघ इच्छाकामनाको संयोजकमा नेपाललाई चयन गरिएको हो । भेलाले उप–संयोजकमा पार्वता गुरुङ र सचिवमा माया सिलवाललाई चयन गरिएको छ ।
नेकपा एमाले चितवनका जिल्ला सचिवालय सदस्य नारायण अधिकारीको प्रमुख आतिथ्य तथा अखिल नेपाल महिला संघ चितवन क्षेत्र न २ का संयोजक अन्जु देवी शर्मा दाहालको विशिष्ट आतिथ्यमा सम्पन्न भेलामा जिल्ला सदस्य जुनराज भण्डारी,इच्छाकामना गाउँपालिकाका संयोजक दान वहादुर गुरुङ,सह–संयोजक श्रीप्रसाद कँडेल लगायतको उपस्थिति रहेको थियो ।