दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना यात्रु , उद्धार जारी

दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना यात्रु , उद्धार जारी

काठमाडौं, २८फागुन  । बंगलादेशबाट काठमाडौं आएको यूएस बंगला एयरलाइन्सको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

जहाज अवतरणका क्रममा दुर्घटनामा परेको प्रहरीले जानकारी गराएको छ । प्रहरीका अनुसार उक्त जहाजमा चालकदलका सदस्यसहित ७१ जना यात्रु सवार थिए ।

त्रिभूवन विमानस्थलका प्रवक्त प्रेमनाथ ठाकुरका अनुसार ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए ।

तीमध्ये दुर्घटनामा परेर घाइते भएका १३ जनाको उद्धार गरी उपचारका लागि काठमाडौं मोडल अस्पताल, नर्भिक लगायतका अस्पतालमा लगिएको छ ।

“दुर्घटनामा परेको जहाजका केही भाग काटेर घाइतेको उद्धार जारी राखिएको छ,” ठाकुरले बाह्रखरीसँग कुरा गर्दै भने, “कति क्षति भयो भन्ने ऐकिन अझै भइसकेको छैन । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उद्धार जारी राखेको छ ।”

तस्बिर : सुरज दाहाल