सोमपाल बने ‘लिस्ट ए’ मा ५० विकेट लिने पहिलो नेपाली खेलाडी

सोमपाल बने ‘लिस्ट ए’ मा ५० विकेट लिने पहिलो नेपाली खेलाडी

काठमाडौं, ३ चैत । फास्ट बलर सोमपाल कामीले लिस्ट ए क्रिकेटमा ५० विकेट पुरा गरेका छन्। जिम्बावेमा भइरहेका वर्ल्ड कप क्वालिफायर अन्तर्गत नेदरल्याण्डको सुरुवाती २ विकेट लिदै सोमपालले उक्त सफलता हात पारेको हुन्।

सोमपालले ओपनर वेस्ले वारेसी र बेन कुपर दुवैलाई शुन्यमा आउट गरेका थिए।

सोमपालले आफ्नो सुरुको दुई ओभरमा १(१ विकेट लिएका थिए। नेपालले यसअघि नै वान डे इन्टरनेशनल स्ट्याटस प्राप्त गरिसकेको छ र अब वान डे इन्टरनेशनल म्याच खेल्नुअघि यो नै अन्तिम लिस्ट ए खेल हुनेछ।

सोमपालले लिस्ट ए मा ३९ खेल खेल्दै ५० विकेट पुरा गरेका हुन्। उनी नेपालबाट लिस्ट ए मा ५० विकेट लिने पहिलो खेलाडी समेत हुन्। सोमपालले सन् २०१४ मा न्यूजिल्याण्डमा भएको वर्ल्डकप क्वालिफायरमा युएई विरुद्ध खेल्दै डेब्यु गरेका थिए।