चितवनमा हुने पाँचौ राष्ट्रिय औधोगिक प्रर्दशनीको तयारी अन्तिम चरणमा (भिडियो)
राजु थापा
चितवन, १९ चैत । चितवन औधोगिक प्रर्दशनी केन्द्र बनेपनि पहिलोपल्ट हुन लागेको पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।
चितवन उद्योग संघले आफैले निर्माण गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा यस अधि पोल्ट्री एक्स्पो र आई टी प्रर्दशनी भए पनि आफैले औधोगिक पाँच दिनसम्म चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सोमवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ ।
प्रदर्शनीको प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलेले उदघाटन गर्ने तय भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । ‘दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवर्द्धन’ भन्ने नाराका साथ हुन लागेको प्रदर्शनीमा २ सय भन्दा बढी स्टल राखिने संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए ।
संघले प्रदर्शनीको प्रचारप्रसारका लागि २१ गते नवलपुरको सिजी पार्कबाट खैरहनी नगरपालिकासम्म शोभायात्रा निकाल्ने तयारी गरेको छ । शोभायात्रामा यो क्षेत्रमा उद्योगी व्यवसायीहरु आ–आफ्ना सवारी साधानहरुमा पर्चा ब्यानर र प्लेकार्डसहित उपस्थित हुने संघका अध्यक्ष भेषराज दुवाडीले बताए ।
कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्ने, राष्ट्रिय उत्पादनको अधिकतम उपयोग गर्न प्रोत्साहन गरी आयात प्रतिस्थापन गर्ने, नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्ने उद्देश्य प्रदर्शनीको रहेको अध्यक्ष दुवाडीले बताए ।
प्रदर्शनीमा औद्योगिक बस्तुको प्रत्यक्ष अवलोकन, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र परामर्श, उद्योग प्रवद्र्धन परिसर, व्यापार प्रवर्द्धन परिसर, महिला उद्यमी परिसर, रोजगार प्रवर्द्धन परिसर, कृषि तथा पशुजन्य उत्पादन परिसर, होटल तथा रेष्टुरेन्ट परिसर रहनेछन् । प्रदर्शनको टिकट दर ५० रुपैयाँ राखिएको छ ।
विद्यार्थीका लागि ३० रुपैयाँ मात्रै लिइनेछ । प्रदर्शनीमा २५ हजार प्रति स्टल भाडा तय भए पनि महिला उद्यमीहरुलाई ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।
१० वटा स्टल लिएर परिसर निर्माण गर्नेहरुलाई २५ प्रतिशत छुट दिने योजना संघले बनाएको छ ।चितवनमास्वास्थ्य क्षेत्रको समस्या र शक्तिखोरमा निर्माण हुन लागेको औधोगिक क्षेत्रको विषयमा सेमिनारसमेत आयोजना गरिएको छ ।
करिव ८० हजारले अवलोकन गर्ने अनुमान गरिएको प्रर्दशनीमा औद्योगिक परामर्श परिसरबाट नयाँ उद्योगी बन्न चहाने युवाहरुलाई कुन ठाउँमा कस्तो उद्योग खोल्नेदेखि दर्ता प्रकृया, राजश्व, भ्याट, लगानी जस्ता विषयमा जानकारी दिने संघका अध्यक्ष दुवाडीले भनाई छ।
