एकीकृत सम्पती कर सम्बन्धि अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

एकीकृत सम्पती कर सम्बन्धि अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

इच्छाकामना,९ जेठ । चितवनको इच्छाकामना गाउँपालिकामा एकीकृत सम्पती कर सम्बन्धि एक दिने अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा वडा न ४ कुरिनटारमा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा सहयोगी संस्था स्पीड नेपाल सोलुसन प्रालिका सदस्य कुमार कञ्चन जिसिले एकिकृत सम्पती कर बारे प्रशिक्षण दिनुभएको थियो । स्पीड नेपाल सोलुसन प्रालि गोष्ठीको सहयोगी संस्थाको रुपमा रहेको थियो ।

गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा भएको अन्तरक्रियात्मक गोष्ठीमा इच्छाकामनाका व्यावसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि ,जनप्रतिनिधि, कर्मचारी संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।