चुम्लिङटारमा ट्रक र माईक्रो ठोक्किदाँ तिन जनाको मृत्यु, सात जना घाईते

चुम्लिङटारमा ट्रक र माईक्रो ठोक्किदाँ तिन जनाको मृत्यु, सात जना घाईते

चितवन, १ असार । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटारमा माईक्रो र ट्रक ठोक्किदाँ ती जनाको घटना स्थलमै मृत्यु भएको छ । पोखरा बाट काठमाडौ तर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको हाइस माइक्रो बस र काठमाडौ बाट भैरहवा जाँदै गरेको ना ६ ख ४०८३ नम्बरको ट्रक एकआपसमा ठोक्किदाँ माइक्रोमा सवार ३ जनाको घटना स्थलमै मृत्यु भएको हो । अन्य सात जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।

घाइतेहरुको स्थानिय पोलिक्लिनिक कुरिनघाटमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लैजादैँ गरेको चितवन प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार ट्रक सडकबाट ५० मिटर तल खसेको छ ।सो दुर्घटनामा परि ट्रक र माईक्रोका चालक सामान्य घाईते भएका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना विहान ७ बजे भएको हो ।