डा देवकोटाको राजकिय सम्मानका साथ आज अन्त्येष्टि गरिदैँ

डा देवकोटाको राजकिय सम्मानका साथ आज अन्त्येष्टि गरिदैँ

काठमाडौं,५ असार । सरकारले वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले डा देवकोटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए।

‘उहाँलार्इ राजकीय सम्मान दिने निर्णय भएको छ।,’ मन्त्री तामाङले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने, ‘नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदानको सम्मान गर्दै यस्तो निर्णय गरिएको हो।’

डा उपेन्द्र देवकोटाको दाहसंस्कार आज गरिँदैछ। न्युरो अस्पताल बाँसबारीका अनुसार विद्युतीय मेसिनबाट उनको दाहसंस्कार हुनेछ।

अन्तिम श्रद्धाञ्जलिका लागि उनको शव बिहान ८ देखि न्युरो अस्पतालको प्रांगणमा राखिएको छ।अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ।

पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो।