मिटरमा लाईन वाईपास गरेर विद्युत चोरी गर्ने २१ जनालाई कार्वाही
विकास पौडेल
चितवन, ३ साउन । पूर्वी चितवनमा २१ जना मिटरमा लाईन वाईपास गरेर विद्युत चोरी गर्ने ग्राहकलाई कार्वाही गरिएकोे छ ।
नेपाल विद्युत प्राधिकरण रत्ननगर टाडीँ वितरण केन्द्रले ७ सय ४५ जना ग्राहकको मिटर अनुगमन गरि २१ जना मिटरमा लाईन वाईपास गरेर विद्युत चोरी गर्ने ग्राहकलाई कार्वाही गरेको हो ।
केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले तिनिहरुलाई कार्वाही ३ लाख १७ हजार राजस्व संकलन समेत गरिएको जानकारी दिए ।
यस्तै लामो समयसम्म महशुल नतिर्ने ८ जना ८५ जना ग्राहकबाट २ करोड ५९ लाख ५ हजार रुपैयाँ महशुल उठन बाकीँ रहेको र महशुल तिर्न पटक–पटकको आग्रह नमानेपछि लाईन काटेको र लाईन काटेको मध्ये ६ सय ३८ जनाले कार्यालयमा आएर महशुल तिरेको मध्येबाट २ करोड १ लाख ७२ हजार रुपैयाँ राजश्व उठेको प्रमुख श्रीवास्तवले जानकारी दिए ।
केन्द्र अन्तगर्त रहेका ५४ हजार ग्राहकबाट मासिक ५ करोड रुपैयाँ महसुल संकलन गरिएको छ ।
