यात्रुवाहक बस रामनगरमा एकआपसमा ठोक्किदाँ २३ जना घाइते, दुईको अवस्था गम्भिर

यात्रुवाहक बस रामनगरमा एकआपसमा ठोक्किदाँ २३ जना घाइते, दुईको अवस्था गम्भिर

चितवन, ७ साउन । यात्रु वाहक बस एक आपसमा ठक्कर खाँदा २३ जना घाईते भएका छन् ।काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमाराति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् ।

घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र अन्य १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको छ ।