चितवन उद्योग संघ इच्छाकामना ईकाइको पहिलो भेला सम्पन्न; ७ सदस्यीय इकाई कमिटी गठन

चितवन उद्योग संघ इच्छाकामना ईकाइको पहिलो भेला सम्पन्न; ७ सदस्यीय इकाई कमिटी गठन

श्रावण १५, चितवन उद्योग संघ अन्तर्गत इच्छाकामना गाउँपालिका इकाई समितिको पहिलो भेला आज सम्पन्न भएको छ । भेलाले अमरबहादुर अधिकारीको संयोजकत्वमा ७ सदस्यीय इकाई कमिटी गठन गरेको छ । नवनिवार्चित समितिको निर्देशकहरुमा हर्ककुमारी गौचन, रामहरि कँडेल, शिवप्रसाद शर्मा, रुपेश श्रेष्ठ, बाबुकाजी त्रिपाठी र नरबहादुर नेपाल रहेका छन् ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न भेलामा इच्छाकामना गाउँपालिकाको अध्यक्ष गीता गुरुङ प्रमुख अतिथि, सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारका एसपी गणेश थापा विशिष्ट अतिथि तथा विभिन्न उद्योग, संघसंस्था, राजनैतिक दलका प्रतिनिधि,र पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गिता गुरुङले स्थानिय स्तरमा रहेको उद्योगको विकासको लागि विभिन्न निति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भएको थियो । 

नवनिर्वा्चित इकाई समितिका पदाधिकारीहरुलाई संघका अध्यक्ष भेषराज दुवाडीले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारका एसपी गणेश थापा, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता गुरुङ र संघका अध्यक्ष भेषराज दुवाडीले एकसाथ औद्योगिक सुरक्षा स्टीकरको अनावरण समेत गर्नुभएको थियो ।