घुमाउनेमा पहिरो खस्दा नारायणगढ­– मुग्लिन सडक दुई तर्फी अवरुद्ध

घुमाउनेमा पहिरो खस्दा नारायणगढ­– मुग्लिन सडक दुई तर्फी अवरुद्ध

चितवन, १९ साउन । पहिरोका कारण नारायणगढ(मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा विहान ६ बजे देखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो गएको क्षेत्रमा पानी परिरहेको प्रहरीले जनाएको छ। पहिरो पन्छाउने काम सुरु भएकाले सडक खुल्न केही घण्टा लाग्ने चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले बताए। राति परेको पानीका कारण सडक चौडापार्ने क्रममा भितो खनिएको स्थानबाट पहिरो खसेको हो। सडक अवरुद्ध हुँदा काठमाडौं र पोखरा जाने तथा काठमाडौं, पोखराबाट, चितवन लगायत विभिन्न क्षेत्रमा आउने सवारीहरु बीच बाटोमै रोकिएका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत अन्य विभिन्न स्थान पहिरोको जोखिम छ

फाईल फोटो