अवरुद्ध नारायणगढ मुग्लिन सडक दुई तर्फी सञ्चालन

अवरुद्ध नारायणगढ मुग्लिन सडक दुई तर्फी सञ्चालन

चितवन, २० साउन । पहिरोका कारण गएराती देखि अवरुद्ध नारायणगढ मुग्लिन सडक दुई तर्फी संचालनमा अएको छ । भरतपुर महानगरपालिका २९ स्थित घुमाउनेमा पहिरो खसेपछि गएराती १० बजे देखि सडक दुई तर्फी अवरुद्ध भएको थियो । पहिरो हटाएपछि आज बिहान ९ः३०बाट सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ । । सोही ठाउँमा शनिबार पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो ।