उपचार गरे निको हुन्छ मानसिक रोग

उपचार गरे निको हुन्छ मानसिक रोग

इच्छाकामना, २९ साउन । कुरिनटारमा मानसिक स्वास्थ्यको निरन्तरतामा स्वास्थ्य व्यवस्थापन भूमिका विषयक अन्र्तकृया कार्यक्रम गरिएको छ। टिपिओ नेपाल चितवन र दारेचोक स्वास्थ्यचौकी कुरिनटारको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । टिपिओ नेपालको प्राइम कार्यक्रम अन्तरगत कार्यक्र गरिएको हो ।
ईच्छाकामना गाउँपालिकामा रहेका ५ ओटा स्वास्थ्य संस्थामा ३ सय जना मानसिक रोगका विरामीहरुले उपचार सेवा लिई रहेको दारेचोक स्वास्थ्यचौकीका इन्चार्ज हरि देवकोटाले जाकारी दिनुभयो । देवकोटा अनुसार ईच्छाकामनामा रहेका स्वास्थ्य संस्था बाहेक अन्यत्र उपचार गराउने विरामी पनि रहेका कारण इच्छाकामना गाउँपालिकामा ३ सय भन्दा बढि विरामी रहेका छन् । गाउँ भन्दा शहरी भेगमा बढि मानसिक रोगीका विरामी रहेको देवकोटाले जानकारी दिनुभयो ।
इच्छाकामना स्वास्थ्य शाखाका प्रमुख धन कुमार खड्काले मानसिक विरामीका लागी गाउँपालिकामा रहेका ५ ओटै स्वास्थ्य सँस्थाहरुमा प्रयाप्त औषधी उपलब्ध रहेको जानकारी दिनुभयो । औषधीका साथै मनोपरामर्श पनि दिने गरिएको प्रमुख खड्काले बताउनुभयो । इच्छाकामनाका स्वास्थ्य चौकीहरुमा मनोपरामर्शका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रशासकीय अधिकृत नरहरी सापकोटाले गाउँपालिकाले विज्ञ मनोविमर्शकर्ता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसका लागि जनशक्ती लगायत के के आवस्यक पर्छ सम्बन्धीत पक्षसंग छलफल चलाउने प्रशासकिय अधिकृत सापकोटाले बताउनुभयो ।

चितवनका स्वास्थ्य संस्थाहरुमा टिपिओ नेपालमार्फत मानसिक स्वास्थ्य समस्याको अध्ययन, उपचारका कार्यक्रम सञ्चालन भइरहेका छन् ।चितवनमा अहिले पनि ३ हजार जनाले टिपिओ मार्फत उपचार गराईरहेको टिपिओका संयोजक अनुप अधिकरीले जानकारी दिनुभयो ।
समयमा नै रोग पहिचान गरि उपचार गरेका सजिलै निको हुने अधिकारीले बताउनुभयो । रोग लागेको प्रारम्भिक अवस्थामा औषधी सेव गर्न नपर्ने र मनोपरामर्श मात्र दिए पनि रोग निको हुने अधिकारीको भनाईको छ ।
जटील अवस्थामा पुगेका विरामीले मात्र औषधी सेवन गर्नुपर्ने उहाँको भनाईछ । गाउँपालिकाकी प्रवक्ता सावित्रि गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।