सिर्जनशील महिला जागरण केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

सिर्जनशील महिला जागरण केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

इच्छाकामना ,१६ भदौ । सिर्जनशील महिला जागरण केन्द्र मुग्लिनले नजिकिदैँ गरेको नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यमा इच्छाकामना ४ स्थित थकाली सेवा समाज घरमा कार्यक्रम सम्पन्न भएको हो ।


यसैबीच सिर्जनशिल महिला जागर केन्द्रले कक्षा ११ का एक जना गरिब जेहेन्दार विद्यार्थीलाई एक बर्ष पढाइदिने भएको छ । आज सिर्जनशिल जागरण केन्द्रका अध्यक्ष सावित्रि पुडासैनीले कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ मार्फत चेक हस्तान्तरण गरिएको हो ।