मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मस्र्याङ्दी वोर्डिङ स्कुल मुग्लिन प्रथम

मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मस्र्याङ्दी वोर्डिङ स्कुल मुग्लिन प्रथम

इच्छाकामना, २२ भदौ । कुरिनटारमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा मस्र्याङ्दी वोर्डिङ स्कुल मुग्लिन प्रथम भएको छ । ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औँ अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सर्वशान्ति मावि कुरिनटारमा इच्छाकामनामा गाँपालिका भित्र रहेका मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएका हुन् ।
यसैबीच आयोजक सर्वशान्ति मावि कुरिनटार द्वितिय र प्रगती पाठशाला कुरिनटार तृतिय भएका छन् । पहिलो हुने मस्र्याङदी वोर्डीङ स्कुलले रु एक हजार ५ सय रुपैयाँ नगद र प्रमाणपत्र हात प्राप्त गरे ।
द्वितिय र तृतिय हुने सर्वशान्ति मावि र प्रगती पाठशालाले क्रमश : रु हजार र ६ सय सहित प्रमाणपत्र हात पारेका छन् । सान्तवना भएका ग्रिन्ड फिल्ड वोर्डिङ स्कुल मुग्लिनले रु ३ सय र प्रमाण प्राप्त गरेको शिक्षक अर्जुन बहादुर खत्रीले जानकारी दिए । प्रतियोगितामा गाउँपालिका भित्र रहेका ६ वटा माविको सहभागीता रहेको थियो ।
शिक्षा शाखा इच्छाकामनाका प्रमुख (शिक्षा अधिकृत) दिपक सिग्देलको प्रमुख आतिथ्य तथा माईती नेपाल चितवनका प्रमुख इश्वर गिरिको विशोष अतिथ्यिमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम माईती नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रम शिक्षक शिवप्रसाद तिमिल्सिनाले संचालन गरेका थिए ।