इच्छाकामना महोत्सव अब तीन दिन बाँकी, प्रचण्डले उद्घाटन गर्ने
इच्छाकामना, २३ भदौ । भदौ २६ गते देखि सञ्चालन हुने ऐतिहासिक प्रथम इच्छाकामना महोत्सव–२०७५ उद्घाटनका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएको छ । महोत्सव मुल आयोजक समितिका सह–संयोजक तथा इच्छाकामना एफ।एम।का अध्यक्ष प्रताप गुरुङका अनुसार भदौ २६ गते महोत्सवको उद्घाटन नेकपाका अध्यक्ष प्रचण्डले गर्ने छ ।यस सँगै इच्छाकामना महोत्सवमा शक्तिशाली नेताहरु उपस्थिति तथा सम्बोधन हुने भएको छ ।
‘कृषि, पर्यटन, उद्योग र व्यापार, इच्छाकामना मुल आधार’ भन्ने नाराका साथ यहि भदौ २६ गतेबाट असोज ६ गतेसम्म पहिलो पटक चितवनको एकमात्र गाँउपालिका इच्छाकामनामा महोत्सव सञ्चालन हुन लागिएको हो ।
महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उपजहरुको प्रदर्शनी तथा प्रतियोगिता, तिज गित प्रतियोगिता, डान्स प्रतियोगिता, विद्यालय स्तरीय गायन प्रतियोगिता, कविता प्रतियोगिता, ईकोसान प्रविधीको प्रदर्शनी, त्रिशुलीमा कायाकिङ्ग, ¥याफ्टिङ्ग, जलबिरे लामो झरनामा क्यानोनिङ्ग, इच्छाकामना मन्दिर दर्शन, उपप्रदाङ्ग गढि, बालगौरी मन्दिर, सिराईचुली तथा इच्छाकामनाका विभिन्न पर्यटकिय स्थलको हेलिकप्टरमा अवलोकन लगाएतका आकर्षणहरु रहेको गुरुङ्गले बताउनुभयो । महोत्सव सर्वशान्ति माविको खेल मैदान कुरिनटारमा सञ्चालन हुनेछ ।
