मोटरसाईकल दुर्घटनामा मृत्यु भएका नेकपा धादिङका नेताका छोराको आज अन्त्यष्टि

मोटरसाईकल दुर्घटनामा मृत्यु भएका नेकपा धादिङका नेताका छोराको आज अन्त्यष्टि

२९ भाद्र धादिङ ,मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका नेकपा धादिङका नेताका छोराको आज अन्त्यष्टी गरिएको छ ।
गत भाद्र २४ गते पृथ्वी राजमार्ग अन्र्तगत धादिङको मलेखु नजिकै सितलबजारमा मोटरसाईकल दुर्घटना पस्चात गम्भिर घाईते भएका, नेकपा धादिङका सदस्य तथा साना किसान कृषी सहकारी सलाङका अध्यक्ष समेत रहेका शिद्वलेक गाउँपालिका वडा नं.३ निबासि डिल्ली प्रसाद पाठकका छोरा सुनिल पाठकको हिन्दु परम्परा अनुसार आज अन्त्ष्टी गरिएको हो ।
मोटरसाईकल दुर्घटनामा परी नेकपा धादिङका नेता पाठकको जेष्ठ छोरा सुनिल पाठक संगै छोरी लक्ष्मी पाठक भट्ट र नातिनि नितिका भट्टको सोहि दुर्घटनामा छोरी लक्ष्मीको उपचार गराउन लाने क्रममा बाटैेमा र छोरा सुनिल र नातिनि नितिका भट्टको उपचारको क्रममा राजधानी काठमाण्डौको नर्भिक अस्पतालमा ४ दिन पस्चात् विहिवार साझ निधन भएको थियो ।
मृत्यु पस्चात छोरा सुनिल र नातिनि नितिका भट्टको आज हिन्दु परम्परा अनुसार सलाङ स्थित बेनि दोभानमा दाहसंस्कार गरिएको छ ।
दाहसंस्कार पुर्व स्वर्गिय सुनिल पाठकको श्रदान्जली सभा समेत गरियको थियो । श्रदान्जली सभामा पुर्व मन्त्री समेत रहेका तथा ३ नं.प्रदेश सभाका सांसद तथा नेकपा नेता राजेन्द्र प्रसाद पाण्डे, ३ नं.प्रदेश सभाका सांसद तथा नेकपा नेता डा. रामकुमार अधिकारी,जगत सिंखडा, पुर्व सांसद गुरु प्साद वुलाृकोटि, सिद्धलेक गांउपालिका अध्यक्ष प्रेमनाथ सिल्वाल, उपाध्यक्ष कमला शर्मा, छिमेकी गांउपालिका वेनिघाट रोराङ र गजुरी गांउपालिकाका अध्यक्ष द्धय हरी डल्लाकोटि र राजेन्द्र विक्रम वस्नेत, सिद्धलेक गांउपालिकाका वडा अध्यक्षहरु , नेपाल पत्रकार माहासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, रेडियो धादिङका स्टेशन मेनेजर राजाराम शर्मा लगायतले पाथिृव शरिरमाथी अविर र फुलमाला अर्पण गरी श्रदान्जली दिएका थिए ।