इच्छाकामना महोत्सवमा दर्शकको भिड, पशुपती शर्मालाई वान्स मोर ( फोटो फिचर )

इच्छाकामना महोत्सवमा दर्शकको भिड, पशुपती शर्मालाई वान्स मोर ( फोटो फिचर )

हिरालाल गुरुङ
कुरिनटार, ३ असोज । प्रथम इच्छाकामना महोत्सब २०७५ को नवौँ दिन साँझ ५ बज्नै लाग्दा चर्चित लोकदोहोरी गायक पशुपती शर्माको प्रश्तुती सुरु भयो । पशुपती शर्माले सुरुवातमा मलाई अमेरीका यही बोलको गीत गाए । दर्शकहरुको सबै जसो ध्यान मञ्च तिर खिचियो । दर्शकहरु नाच्न थाले ।
त्यसपछि शर्माले बत्ती बाल्न पर्दैन गीत गाए । दर्शक दिर्घबाट वान्स मोर आयो तर समय अभावका कारण उनले गीत दो¥याउन सम्भव भएन । उनले चार ओटा गीत गाए ।

त्यसै गरि पशुपती शर्मा , ज्योति लोहोनी र प्रजापती पराजुली लगायतको दोहोरीमा दर्शकहरुले नाचेर मनोरञ्जन लिएका थिए ।
नवौँ दिन पनि दर्शकले महोत्सब स्थल भरिभराउ भएको थियो ।

 

महोत्सब मा भोली रामजी खाँड लगायतको प्रश्तुती रहने आयोजकले जनाएको छ।सर्वशान्ति माविको खेल मैदान इच्छाकामना ४ कुरिनटरमा भदौ २६ गते देखि सुरु भएको महोत्सब असोज ६ गते सम्म चल्ने छ ।
उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएम कुरिनटारले संयुक्त रुपमा महोत्सव आयोजना गरिएको हो ।