मनकामना केबलकार सेवा बन्द हुने

मनकामना केबलकार  सेवा बन्द हुने

चितवन, ८ असोज । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।  नियमित मर्मत सम्भारका लागि असोज १० र ११ गते दुई दिन केबलकार सेवा बन्द गरिने भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
नियमित मर्मत सम्भारपछि असोज १२ गतेदेखि पुन :  नियमित संचालनमा आउने मनकाममना दर्शन प्रा.लि.ले जनाएको छ । केबलकार बन्द अवधिभर पनि कुरिनटार स्थित बटम स्टेशनमा रहेको दी मनकामना क्याफे भने नियमित संचालनमा रहने जनाएको छ ।