इच्छाकामनाको कुरिनटारमा एकैरातमा सहकारी सहित पाँच घरमा चोरी

इच्छाकामनाको कुरिनटारमा एकैरातमा सहकारी सहित पाँच घरमा चोरी

इच्छाकामना,२५ असोज । चितवनको कुरिनटारमा एक सहकारी सहित पाँच घरमा चोरी भएको छ । गएराती इच्छाकामना ४ कुरिनटारमा रहेको घरआंगन बचत तथा ऋण सहकारी संस्था लि कुरिनटार , दुई ओटा होटल,एक पार्लर र एक किराना पसलमा चोरी भएको हो ।
लोकप्रिय होटलमा ८० हजार नगद र रु ६० हजार मुल्यको मोवाईल चोरी भएको संचालक विनोद उप्रेती बताए । घरको च्यानलगेट र काउन्टरको चावी फुटाएर चोरी भएको हो । नगद र मोवाईल चोरी संगै होटलमा रहेको पिय पदार्थहरु समेत खाएको र केही लिएर गएको उनले जानकारी दिए । छिम्केश्वरी होटलमा काउन्टरमा रहेको रु २० हजार नगद चोरी भएको बताइएको छ ।

सहकारी र होटलमा कती चोरी भयो विवरण आईनसकेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख ( निरिक्षक) धर्म बहादुर केसीले बताए । अहिले लिखित उजुरी नआएकोले कती चोरी भयो भनी विवरण संकलन नभएको उनले जानकारी दिए ।
उनले भने‘अहिले सम्म दुई होटल र सहकारीको मौखिक रुपमा उजुरी आएको छ,सबै लिखित उजुरी आएपछि मात्र कती चोरी भयो विवरण संकलन हुन्छ । ’

सहकारी र होटलमा चोरी गर्ने संकास्पद व्यक्तिको खोजी भईरहेको निरिक्षक केसीले जानकारी दिए ।