हरिवोधनी ठूलो एकादशी त्रिवेणी मेलामा विविधि सांस्कृतिक कार्यक्रम तथा डान्स प्रतियोगिता हुने

हरिवोधनी ठूलो एकादशी त्रिवेणी मेलामा विविधि सांस्कृतिक कार्यक्रम तथा डान्स प्रतियोगिता हुने

गोरखा, २६ असोज । विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि हरिवोधनी ठूलो एकादशी त्रिवेणी मेलामा विधि सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
मंसिर २ गते साँझ देखि ३ गते सम्म दुई दिन सम्म लाग्ने मेलामा डान्स प्रतियोगिता, चुड्का, मारुनी विभिन्न जातजातीको झाँकी स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रश्तुती रहने लोक दोहोरी गायक समेत रहनुभएका कार्यक्रम संयोजक पृथ्वी गुरुङले जानकारी दिनुभयो ।
यसैबीच मेलाको अवसर पारेर कात्तिक २८ गते देखिनै प्रथम कालिका प्रथम कप भलिबल प्रतियोगिता पनि हुने संयोजक गुरुङले जानकारी दिनुभयो ।

कालिका यूवा क्लब सहिद लखन गाउँपालिका ३ निभारेको आयोजनामा कार्यक्र हुने भएको हो ।क्लबले यस अघि मेलालाई कसरी भव्य र  सभ्य बनाउन सकिन्छ भनेर विभिन्न स्थानिय संघसंस्थाका प्रतिनिधि बुद्धिजिवि लगायतको भेला गरि अन्तरक्रिय कार्यक्रम समेत सम्पन्न गरिरसकेको छ ।

मुग्लिन बजारबाट त्रिशुली नदीको झोलुङ्गे पुल तरेर ५ मिनेटम पुग्न सकिने त्रिवेणी भगवती माईको मन्दिर गोरखा जिल्लाको सबै भन्दा होचो भूमी गोरखाको सहिद लखनगाउँपालिका ३ मा पर्दछ । समुन्द्री सतहबाट २२८ मिटरमा रहेको भगवती माई मनकामना माताको सात बहिनी मध्ये कान्छी बहिनी रहेको किम्बदन्ती पाईन्छ ।उक्त मन्दिरमा रातभर ठूलो एकादशीको दिनमा बृहद् मेला लाग्दछ । वरपर जंगलले भरिएको उक्त मन्दिर त्रिशुली नदी र मस्र्याङदी नदीको संगम स्थलमा रहेको छ ।