मनकामना केबलकार सेवा बन्द

मनकामना केबलकार सेवा बन्द

चितवन, १ कार्तिक । वडा दशैँमा मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । आज देखि ३ गते सम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो ।
४ गते देखि पुन नियमित संचालनमा आउने नायव महाप्रवन्धक डिएन कायस्थले जानकारी दिनुभयो । गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मातामनकामनाको मन्दिर जाने भक्तजनहरु तथा पर्यटकहरुको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ सालमा केबलकार संचालनमा ल्याइएको हो । केबलकारको माध्यम हुदैँ दैनिक पाँच हजारको हाराहारीमा दर्शनार्थीहरु मनकामना मन्दिर पुग्ने गर्दछन् ।