इच्छाकामना गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङद्वारा दशैँको शुभकामना
इच्छाकामना,२ कात्तिक । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले नेपालीहरुको महान पर्व विजया दशमीको शुभकामना दिनु भएको छ । अध्यक्ष गुरुङले शुभकामना सन्देश दिदैँ इच्छाकामना गाउँवासी तथा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र समृद्धिको कामना गर्नुभएको छ ।
सबै जातजाति तथा धर्मावलम्बीहरुको साझा फुलबारीको प्रतिकको रुपमा रहेका चाडपर्वहरुले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय एवं भाषिक विविधतालाई एकआपसमा गाँसेर सामाजिक सद्धभाव, राष्ट्रिय एकता र नेपालीको साझा पहिचान कायम गर्न महत्वपूर्ण योगदान गरेको अध्यक्ष गुरुङको शुभकामनामा उल्लेख छ ।
अध्यक्ष गुरुङले चाडपर्वले विभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं संस्कृतिक पहिचान रहेका सबै नेपालीका लागि समान अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै सामाजिक सद्भावसहित समृद्धिको कामना समेत गर्नुभएको छ ।
नेपालीहरुको विशेष चाडका रुपमा मनाइँदै आएको वडा दशैंले हिमाल, पहाड, तराई, मधेसलाई जोड्ने काम गरेको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, ‘विभिन्न जातजाति, वर्ण, भाषा धर्म तथा सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका नेपालीहरुको लागि समान अवसरको द्धार खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्धभाव तथा जातजाति समुदायका बीच आपसी भात्रृत्व कायम गर्न विजया दशमीले सफलता मिलोस ।’
अध्यक्ष ध्यक्ष गुरुङले विजया दशमीले सबैलाई सकारात्मक सोंच र सहिष्णुतातर्फ लाग्न प्रेरणा प्राप्त होस भन्ने कामना पनि गर्नुभएको छ ।
