दशैँमा दुखद खबर :जलिविरेमा बस दुर्घटना हुदाँ तीनको मृत्यु, २३ जना घाईते

दशैँमा  दुखद खबर :जलिविरेमा बस दुर्घटना हुदाँ तीनको मृत्यु, २३ जना घाईते

चितवन, २ कात्तिक । नारायणगणगढ -मुग्लिन सडक खण्डमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगणगढ -मुग्लिन सडकखण्डमा काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस बिहान २ः३० बजे जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खस्दा तीन जनाको मृत्यु हुनुका साथै २३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।