नवलपरासीमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु,४१ जना घाईते

नवलपरासीमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु,४१ जना घाईते

नवलपरासी, ४ कार्तिक । नवलपरासीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परि ४१ जना यात्रु घाईते भएका छन् ।

पूर्वीनवलपरासीको मध्यविन्दु नगरपालिका–११ दमारचोकमा आज बिहान साढे ५ बजे धरानबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको बस आज विहान साढे पाँच बजे सडकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको चितवनको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत भएको छैन् । घाईते मध्ये ४२ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
बसमा करिब ६० यात्रु सवार रहेको बताईएको छ ।