आर्इतबार राती देखि मृघशिरा उल्का वर्षा हुने

आर्इतबार राती देखि मृघशिरा उल्का वर्षा हुने

काठमाडौं, ४ कार्तिक । हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आइतबार रातिदेखि सोमबार बिहानसम्म देखिने भएको छ ।

नेपाल एस्ट्रानोमिकल सोसाइटीकाअनुसार ती उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा०)तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको हो ।

उल्का वर्षा स्थानीय समय अनुसार अक्टोबर २१ राति १०ः४५ देखि नै शुरु भई अक्टोबर २२ बिहान ५ः४५ बजे सम्म देख्न सकिने भएता पनि उल्का वर्षा हेर्नको लागि ३ः४५ पछिको समय उत्तम हुने सोसाइटीले जनाएको छ ।

के हो उल्का वर्षा ?

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्कावर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिने गरेको नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
यस वर्ष दसैंकोबीचमा परेकाले उल्का वर्षा हेरेर रमाइलो गर्न सकिने उनको भनाइ छ । ‘प्रदुषण कम हुन्छ, आकाश खुला पनि छ, यस कारण यो वर्ष उल्का वर्षालाई राम्रोसँग अवलोकन गर्न सकिन्छ,’भट्टराई भन्छन् ।